भारतीय शार्प शूटरलाई छुटाउन १६ लाखमा डिल

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले भारतीय शार्प सुटरलाई छुटाइदिन्छु भनेर रकम ठगी गरेको अभियोगमा २३ वर्षीय श्यामबाबु साहलाई पक्राउ गरेको छ ।

साहलाई प्रहरीले पुस २८ गते पक्राउ गरेर बारा जिल्ला अदालतमा पेश गरेको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । अदालतले साहलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन अनुमति दिएको छ ।

विभिन्न हत्यामा सुपारी लिइ गोली हानेर हत्या गरेका फरार प्रतिवादी भारतको महोत्तरी जिल्ला, छौडादानो पञ्चायत, तिनकुनी बस्ने ३२ वर्षीय सार्प सुटर सुजितकुमार सिंहलाई २०८० पुस १० गते भारतबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा प्रहरीसँगको मुठभेडमा खुट्टामा गोली लागेर घाइते भइ प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको अवस्थामा श्यामबाबु साहले सुजितकुमार सिंहको बुबा जयमंगल सिंहसँग सुजितकुमार सिंहको मुद्धा प्रहरी, सरकारी वकिल र अदालतमा सेटिङ गरी मिलाइदिन्छु भनेर १६ लाख रुपियाँ माग गरेका थिए ।

सुजितकुमार सिंहको बुवासँग प्रतिवादी श्यामबाबु साहले एक लाख ९२ हजार रकम लिइ ठगी गरेको भन्ने जयमंगल सिंहको जाहेरीका आधारमा श्यामबाबु साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2024 January 14, 11:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया