लुम्बिनीमा सत्ता गठबन्धनको समन्वय समिति गठन
देउखुरी । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचन लक्षित समन्वय समिति गठन गरेको छ ।
बिहीबार बसेको गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन समन्वय समिति गठन गरेको हो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको संयोजकत्वमा राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति गठन गरिएको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैठकले प्रदेशका सबै जिल्लाका स्थानीय तहका प्रमुख÷उपप्रमुख र जिल्ला नेतृत्वसँग भेटघाट गर्न माघ २ गतेदेखि जिल्ला–जिल्ला जाने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनले झक्कुप्रसाद सुवेदी र विष्णुकुमारी सापकोटालाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाएको छ ।
सुवेदी नेकपा (माओवादी केन्द्र)को तर्फबाट र सापकोटा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका हुन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया