काठमाडौंमा पूजा श्रेष्ठ पक्राउ

काठमाडौं । काठमाडौं अपराध अनुसन्धान कार्यालय, मीनभवनले ३० वर्षीया पूजा श्रेष्ठलाई पक्राउ गरेको छ ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ५ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका वडा नं. ८ जरंखु बस्ने पूजा श्रेष्ठलाई प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

पूजा श्रेष्ठले कला पुनलाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भनेर ठगी गरेको उजुरीमा उल्लेख छ ।

पूजा श्रेष्ठले प्रतिव्यक्ति ८ लाख ५० हजारका दरले रकम लाग्छ भनेर दुई लाख १५ हजार रुपियाँ लिएको विज्ञप्तिमा उल्लेख छ ।

पूजाले कलालाई पोल्याण्ड पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भनेर प्रलोभनमा पारेकी थिइन् । पूजाले कलालाई मासिक १ लाख ५० हजार रुपियाँ तलब हुन्छ भनेर रकम लिएर सम्पर्क विहीन भएकी थिइन् ।

पूजा श्रेष्ठलाई खोजतलास गर्ने क्रममा पुस २३ गते साढे दुई बजेको समयमा काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेर थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ ।

Published : Tuesday, 2024 January 9, 10:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया