मन्त्री राणालाई गृहजिल्लामा भव्य स्वागत, यातायातको कार्यालय स्थापना गर्ने
प्यूठान । लुम्बिनी प्रदेशका उद्योग तथा यातायातमन्त्री राेज राणालाई गृहजिल्ला प्यूठानमा मतदाता, शुभेच्छुक र नेपाली कांग्रेस तथा नेपाल तरुण दलले भव्य स्वागत गरेका छन्
करिब ३१ वर्षपछि कांग्रेसबाट राणाले लुम्बिनी प्रदेश सभा सदस्यमा जितेका थिए । राणालाई कांग्रेसले मन्त्री बनाएर प्यूठानका जनताकाे सम्मान गरेकाे छ ।
साेमबार बिहान मन्त्री राणा प्यूठान गएका हुन् । राणालाई नेपाल तरुण दल प्यूठानले जिल्ला प्रवेश गर्ने सिमानादेखि नै स्कर्टिङ गरेको तरुण दलका जिल्ला अध्यक्ष कृष्ण बस्याल `राेयल´ले बताएका छन् ।
मन्त्री राणालाई तरुण दल, प्यूठान कांग्रेस, यातायात व्यवसायी, कर्मचारी लगायत स्थानीयहरूले स्वागत गरेका छन् ।
कार्यक्रमहरूमा मन्त्री राणाले प्यूठान जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने बताएका छन् । उनले सकेसम्म लाइसेन्सकाे ट्रायलसहितकाे सेवा दिने कार्यालय स्थापना गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएकाे बताए ।
कांग्रेसको कार्यक्रममा मन्त्री राणाले आफू मेलमिलापको नीतिसहित सबैलाई मिलाएर र मिलेर जाने बताए । उनले आफ्नो मन्त्रालयबाट हुने कामहरू तत्काल गर्ने बताएका छन् ।
कार्यक्रमहरूमा मन्त्री राणासंग जिल्लाबासीहरूले विभिन्न मागहरू पनि गरेका छन् । राणाले सकेसम्म मागहरू पूरा गर्ने बताएका छन् ।








बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया