पोखराको होटलमा प्रहरी छापा, युवती मिलाउनेहरू पक्राउ

पोखरा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा तीन जनालाई पोखराबाट पक्राउ गरेको छ ।

प्रहरीले पोखरा–८, जाल्पारोडको होटलबाट पोखरा–९, पृथ्वीचोक बस्ने वर्ष २९ का प्रवीन गुरुङ, पर्वत घर भई काठमाडौंको शङ्खमूल बस्ने वर्ष २३ का निर्मल मल्ल र पोखरा–१७, बिरौटा बस्ने वर्ष २६ का राजेश ठकुरीलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार बिकले बताएका छन् ।

पोखरा–८, जाल्पारोडस्थित रहेको काभ्रेली खाजाघरका सञ्चालकले बालिका तथा महिलालाई होटलमा राम्रो काम लगाइदिन्छु भनी सुरुमा सरसफाइको काम लगाएपछि विभिन्न प्रलोभनमा पारी पोखराका विभिन्न होटलमा पठाई यौन शोषण गरेको आरोप छ ।

पीडितको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले बिहीबार राति १० बजेतिर पर्वत खाजाघरबाट महिलालाई बाहिर लैजान लागेको अवस्थामा एक बालिका र दुई महिलालाई उद्धार गरेको छ ।

Published : Saturday, 2024 January 6, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया