भारतीय रूपियाँसहित एक जना पक्राउ
काठमाडौं । सप्तरी जिल्लामा प्रहरीले स्रोत नखुलेको भारतीय रुपियाँसहित २५ वर्षीय संजय कुमारलाई पक्राउ गरेको छ ।
राजगढ गाउँपालिका–२ झौरा चोकबाट स्रोत नखुलेको ५ लाख २९ हजार ९ सय ७० भारतीय रूपियाँसहित भारतको भरफोर ग्राम पन्चायत सुब्बा टोल मधुवनी–३ बस्ने संजय कुमारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले बिआर ५० बि १५४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको डिक्कीमा लुकाई राखेको भारतीय रूपियाँ फेला पारी चालक संजय कुमारलाई पक्राउ गरेको हो ।
Published : Saturday, 2024 January 6, 9:39 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया