कपिलवस्तुमा बलेरो गाडी दुर्घटना, शेखको मृत्यु
काठमाडौं । कपिलवस्तु जिल्लामा बलेरो गाडी दुर्घटना हुँदा सह–चालक १५ वर्षीय शेख आषिफको मृत्यु भएको छ ।
शिवराज नगरपालिका–३ सुपा देउराली मोडस्थित सडकमा प्रदेश २–०३–००१ च ५७८४ नम्बरको बलेरो गाडी आफै अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा गाडीका सह–चालक पर्साको वीरगंज महानगरपालिका–१६ नगवा बस्ने शेख आषिफको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका बलेरोका चालकलाई थप उपचारको लागि चौराहा अस्पताल बुटवल पठाइएको छ ।
Published : Friday, 2024 January 5, 5:12 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया