अपराधबाट खटिएको टोलीद्वारा नुवाकोटकी रचनालाई मनमैजुबाट पक्राउ

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनेर रकम ठगी गरेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले २२ वर्षीया रचना थापालाई पक्राउ गरेको छ ।

पोर्चुगल पठाइदिन्छु भन्दै रचनाले ९ लाख ९० हजार रूपियाँ ठगी गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नुवाकोटको पंचकन्या गाउँपालिका–२ घर भई काठमाडौंको टोखा नगरपालिका–११ मनमैजु बस्ने रचनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

रचनाले १ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित होटलमा मासिक १
लाख ३० हजार रूपियाँ तलबमा काम लगाइदिन्छु भनेर प्रलोभनमा पारेको अभियोग छ ।

पीडितबाट पटक पटक गरी रचनाले रकम ठगी गरेपछि मीनभवनबाट खटिएको प्रहरीले मनमैजुबाट पक्राउ गरेको हो ।

रचनालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Thursday, 2024 January 4, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया