सिन्धुपाल्चोकका २२ वर्षीया गिरीको कमालको काण्ड

काठमाडौं । कतार पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले २२ वर्षीय कैलाश गिरीलाई नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ घर भई हाल जिल्ला काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटार बस्ने गिरीलाई पक्राउ गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

गिरीले भाष्कर दत्त भट्टलाई वैदेशिक रोजगारीको लागि कतार पठाईदिन्छु भनेर रकम ठगी गरेको अभियोग लागेको छ ।

गिरीले भट्टलाई तीन लाख रुपियाँ लाग्छ भनेका थिए । भट्टलाई गिरीले कतार पुगेपछि मासिक ८० हजार तलबको प्रलोभनमा पारेका थिए ।

गिरीले भट्टसँग पटक–पटक गरी २ लाख ९४ हजार रुपियाँ रकम लिएर सम्पर्क विहीन भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले गिरीको खोजतलास गर्ने क्रममा मिति पुसको १७ गते गोठाटारबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका गिरीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ ।

गिरीले २२ वर्षकै सानो उमेरमा वैदेशिक रोजगारीको नाममा ठगी काण्ड मच्चाएपछि प्रहरी चकित परेको छ ।

Published : Thursday, 2024 January 4, 11:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया