खरेन्द्रपुरमा पृथ्वीनारायण शाहको भव्य सालिक अनावरण, पूर्वराजालाई स्वागत
चन्द्रौटा । पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको खरेन्द्रपुरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् ।
शनिबार पूर्वराजा शाहले पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका हुन् । सालिक अनावरण गर्न पूर्वराजा शाह पत्नी कोमल शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहकासाथ आएका थिए ।
सालिक अनावरण गर्न आएका पूर्वराजा शाहलाई भव्य स्वागत गरिएको छ । भैरहवाबाट लुम्बिनी, तौलिहवा, बहादुरगञ्ज, चन्द्रौटा हुँदै पूर्वराजा शाह खरेन्द्रपुर आइपुगेका थिए ।
पूर्वराजा शाहले कपिलवस्तुको शिवराज नगरपालिकामा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् । शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा पृथ्वीनारायण शाहको नवनिर्मित शालिक मेटलबाट बनेको छ ।
चन्द्रौटामा पृथ्वीनारायण शाह घोडामा सवार भएर युद्धमा जाँदै गरेको सालिक निर्माण गरिएको छ ।
सालिक अनावरणका लागि राखिएको कार्यक्रममा पूर्वराजा शाहलाई शिवराज नगरपालिकाका प्रमुख अजय थापाले स्वागत गरेका थिए । सालिक शिवराज नगरपालिकाको २५ लाख लागतमा बनाइएको छ ।





बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया