प्रहरीको अपराध हेर्ने मीनभवनले शाहीलाई पक्राउ

काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ३२ वर्षीय धर्मेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

माल्टा पठाइदिन्छु भन्दै १२ लाख रूपियाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने जुम्लाको हिमा गाउँपालिका–५ घर भएका शाहीलाई बिहीबार दिउँसो पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शाहीले १ जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित कम्पनीमा मासिक २ लाख रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेका थिए ।

पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले शाहीलाई बानेश्वरबाट पक्राउ गरेको हो ।

शाहीलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Saturday, 2023 December 30, 9:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया