पर्वती थापा काठमाडौंबाट पक्राउ
काठमाडौं । अमेरिका पठाउने भनेर करिब १४ लाखभन्दा धेरै रकम लिएर सम्पर्कविहीन भएकी ४६ वर्षीया पार्वती थापालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले थापालाई पक्राउ गरेको जनाएको छ । थापाको स्थायी घर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ रहेको छ । थापा काठमाडौं–२६ सामाखुसीमा बस्दै आएकी थिइन् ।
थापाले वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भनी हेमराज रेग्मीसँग १४ लाख ९० हजार रुपियाँ लिई सम्पर्कविहीन भएकी थिइन् ।
थापाले वैदेशिक रोजगारीका लागि अमेरिका जान तीन लाख रुपियाँ लाग्ने र प्रतिष्ठित कम्पनीमा मासिक तीन लाख ५० हजार हुन्छ भनी प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।
शाहीले रेग्मीसँग १४ लाख ९० हजार लिई सम्पर्कविहीन भएका थिए । थापालाई बिहीबार काठमाडौं–२६ सामाखुसीबाट प्रहरीले पक्राउ गरेको हो ।
थापालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया