काठमाडौंमा हिमालयन हाईट होटलमा छापा, दश जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१३ तहाचलस्थित काठमाडौं महाराजगंज बस्ने ३३ वर्षीय निर्मल पण्डितको ‘भोवन हिमालयन हाईट होटल’मा छापामारेको थियो ।
जुवातास खेलिरहेको अवस्थामा पण्डित समेत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ३ सय नेपाली रूपियाँ, ८ हजार भारतीय रूपियाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
Published : Wednesday, 2023 December 27, 10:21 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया