केपी ओलीपछि रास्वपाका सभापति लामिछानेलाई पाेखरामा आक्रमण
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि पाेखरामा आक्रमण भएकाे छ ।
शनिबार पाेखरास्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले आक्रमण गरेका हुन् । ती युवकले सभापति लामिछानेलाई खाेया प्रहार गरेका हुन् ।
लामिछानेलाई आक्रमण गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । प्रहरीले मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको जनाएको छ ।
कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताएका छन् ।
एक हप्ता अगाडि मात्रै एमालेका अध्यक्ष केपी ओलीलाई भाेजपुरमा कार्यकर्ताले आक्रमण गरेका थिए ।
Published : Saturday, 2023 December 23, 5:00 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया