काठमाडौंमा बस र ट्रकको बीचमा च्याप्पिएर मृत्यु
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा बस र ट्रकको बीचमा च्याप्पिएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ना.६ ख ७२८३ नम्बरको ट्रक र बा.५ ख २०० नम्बरको बस र प्रदेश ३–०२–०१२ प ७३१७ नम्बरको मोटरसाइकल च्यापिएर बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने भोजपुरको टक्सार नगरपालिका–३ घर भएका ६३ वर्षीय निर्मलकुमार श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र बसका दुवै जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Published : Friday, 2023 December 22, 10:56 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया