दलाल कर्मचारीहरूलाई विमानस्थलभित्रैबाट पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका केही कर्मचारी रकम लिएर मिलोमतोमा मानिसहरू विदेश पठाउने कार्यमा संलग्न रहेको फेला परेको छ ।
रकम लिएर भिजिट भिसामा विदेश पठाउने काण्डमा दुई जनालाई पक्राउ गरेपछि प्रहरीले विमानस्थलभित्र कर्मचारीहरूको हर्कत थाहा पाएको हो ।
प्रहरीले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर अनुसन्धान गरेको छ । अनुसन्धानका क्रममा प्रहरीले अन्य कर्मचारीहरूको पनि संलग्नता फेला पारेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका एयरलाइन्स र अध्यागमनका कर्मचारीले एजेन्टलाई रकम दिएर सेटिङ गर्ने गरेको प्रहरीले जनाएको छ ।
मानिस पठाउन सहयोग गरेवापत अध्यागमनका कर्मचारीले प्रतिव्यक्ति ६० हजार रुपियाँसम्म लिने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया