धादिङमा गाडी दुर्घटना, तरुण दलका केन्द्रीय सदस्य बस्नेतसहित ४ जना घाइते


काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि. प्यूठानका अध्यक्ष सुनिल बस्नेत सवारी दुर्घटनामा परेर घाइते भएका छन् ।

बर्दिया, भालुबाङ हुँदै काठमाडौं आउने क्रममा सोमबार बिहान २ बजेर ४० मिनटमा धादिङको खानीखेला बिसकिलो नजिकै बा १८ च ४१७२ नम्बरको गाडी दुर्घटना हुँदा बस्नेतसहित चार जना घाइते भएका हुन् । गाडी सडकबाट करीव १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

उनीहरूको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका सदस्य तथा प्यूठानका क्षेतीय सभापति रोज राणाले बताएका छन् ।

दुर्घटनामा घाइते हुनेहरूमा तरुण दलका केन्द्रीय सुनिल बस्नेत, कृष्णसार यातायात प्रा.लि. बर्दियाका अध्यक्ष शम्भु रिजाल, रवि मल्ल, अजय थारु रहेका छन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा उपचारपछि तीन जना घाइतेहरू डिस्चार्ज भएका छन् । कृष्णसार यातायात प्रा.लि. बर्दियाका अध्यक्ष शम्भु रिजाल भने उपचाररत छन् ।

Published : Monday, 2023 December 18, 8:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया