शाहलाई आयल निगमको जिम्मेवारी

काठमाडौं । नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशक (निमित्त प्रमुख)को जिम्मेवारी नागेन्द्र शाहले पाएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शाहलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको छ ।

आर्थिक तथा प्रशासनिक निर्णय गर्ने अधिकार सहित शाहले निमित्तको जिम्मेवारी पाएका छन् ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि शाहलाई जिम्मेवारी दिइएको छ ।

Published : Sunday, 2023 December 17, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया