नवलपरासीमा ९ लाखसहित धुनियालाई पक्राउ

परासी । नवलपरासी जिल्लामा प्रहरीले स्रोत नखुलेको रकमसहित १९ वर्षीय मोहम्मद समिर धुनियालाई पक्राउ गरेको छ ।

धुनिया रामग्राम नगरपालिका–५ बुद्ध चोकबाट स्रोत नखुलेको नगद ७ लाख ९ सय रूपियाँसहित पाल्हिनन्दन गाउँपालिका–२ हरपुर बस्ने धुनियालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी प्रमुख (एसपी) काजीकुमार आचार्यले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरीले लु.५९ प ३२३९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा धुनियालाई नगदसहित फेला पारी पक्राउ गरेको हो ।

Published : Friday, 2023 December 15, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया