पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्याँसको यथावत

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएर जनतालाई राहत दिने प्रयास गरेको छ ।

नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपियाँका दरले मूल्य घटाएको शुक्रबार साँझ जारी विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार मध्य रातिदेखि लागू हुनेगरी मूल्य घटाइएको निगमले जनाएको छ । ग्यासको मूल्य भने यथावत राखिएको छ ।

भारतले पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३.०७ रुपियाँ, डिजेल र मट्टितेलमा मा ३.१६ रुपियाँ रहेको थियो ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेल–मट्टितेलको १५७ रुपियाँ पर्ने विज्ञप्तिमा भनिएको छ ।

Published : Friday, 2023 December 15, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया