प्रधानमन्त्री दाहालले बालुवाटारमा जन्मोत्सव मनाए
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो ६९औँ जन्मोत्सव मनाएका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले परिवारका सदस्यहरूसँग जन्मोत्सव मनाएको एक सदस्यले बताएका छन् । दाहाल ६९ वर्ष पूरा भई ७० मा टेकेका छन् ।
दाहालको विक्रम संवत् २०११ मंसिर २६ गते कास्कीको तत्कालीन ढिकुरपोखरी गाविस वडा–२ लेवाडेमा जन्म भएको थियो । पिता मुक्तिराम र आमा भवानीका जेठो छोराको रूपमा दाहालले जन्म लिएका हुन् ।
दाहालले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिएका थिए ।
दाहालले विक्रम संवत् २०२६ मा चितवनको नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय शिवनगरबाट एसएलसी उत्तीर्ण गरेका हुन् । २०२७–२०२९ सम्म पाटन बहुमुखी क्याम्पसबाट आईएससी गरेका थिए ।
उनले विसं २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बीएस्सी पूरा गरी एमपीएसम्मको अध्ययन गरेका छन् ।
कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी उनले पुष्पकमल दाहाल नामाकरण गरेका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया