ओखलढुंगाका शेरबहादुर हात्तीवनबाट पक्राउ

काठमाडौं । प्रहरीले ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नं. ३ घर भएका वर्ष ३२ का शेरबहादुर मगरलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

अदालतबाट बैंकिङ कसूर मुद्दामा सजाय पाएका मगरलाई प्रहरीले सोमबार साँझ ५ बजे ललितपुर महानगरपालिका वडा नं. १५ हात्तीवनबाट पक्राउ गरिएको विज्ञप्तिमार्फत जनाएको छ । मगर काठमाडौं महानगरपालिका वडा नं. ३२ मा बस्दै आएका थिए ।

मगरविरुद्ध अदालतले ७ करोड ९७ लाख ५० हजार बिगो रकम कायम गरेको छ । अदालतबाट फैसला भएपछि मगर फरार रहेका थिए । मगरले जरिवाना र कैद भुक्तान गर्न बाँकी भएपछि प्रहरीले खोजी गरेर पक्राउ गरेको छ ।

मगरलाई फैसला कार्यान्वयनका लागि प्रहरीले भक्तपुर जिल्ला अदालतमा उपस्थित गराएको छ ।

Published : Tuesday, 2023 December 12, 6:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया