एनएमबी र एनआईसी एसियाले ब्याज घटाए

काठमाडौं । एनएमबी बैंक लिमिटेड र एनआईसी एसिया बैंक लिमिटेडले ब्याजदर घटाएका छन् ।

एनएमबी र एनआईसीले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । दुबै बैंकले पुस १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

एनआईसी एसिया र एनएमबी बैंकले मंसिरको तुलनामा पुस महिनाका लागि आफ्नो ब्याजदर घटाएका छन् ।

एनआईसी एसिया बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिक्तम ८.९७ प्रतिशतलाई घटाएर ८.६७ प्रतिशतमा झारेको छ ।

एनआईसी एसिया बैंकले न्यूनतम ७ प्रतिशत देखि अधिक्तम ८.६७ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेको छ ।

एनआईसी एसियाले पुस महिनाका लागि संस्थागत मुद्दती निक्षेपमा ५.५० प्रतिशतदेखि ६.६७ प्रतिशतसम्मको ब्याज दिने भएको छ ।

एनएमबी बैंकले पनि मंसिर महिनाको तुलनामा आफ्नो ब्याजदर घटाएको छ । एनएमबीले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

मंसिर महिनामा एनएमबीले अधिक्तम ९.७६ प्रतिशत ब्याजदर कायम गरेको थियो । एनएमबी बैंकले पुस महिनाका लागि न्ययुनतम ७ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्मको ब्याज दिने जनाएको छ ।

पुस महिनाका लागि एनएमबीले संस्थागत मुद्दती निक्षेपमा न्यूनतम ६ प्रतिशतदेखि अधिक्तम ७ प्रतिशतसम्म ब्याज दिनेछ ।

एनएमबीले पुस महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरसोमबार अर्थात् मंसिर २५ गतेदेखि लागू हुनेछ ।

Published : Monday, 2023 December 11, 11:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया