बर्दियाको मन्दिरबाट सालिग्राम चोरी
गुलरिया । बर्दिया जिल्लामा मन्दिरबाट एक किलो तौल भएको सालिग्राम लगायतका सामग्री चोरी गर्ने ३४ वर्षीय महेन्द्र बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारास्थित ठाकुरबाबा मन्दिर परिसरभित्रबाट चोरी गरेको १ किलोग्राम तौल बराबरको ठूलो सालिग्राम १ थान, ३ सय ग्राम बराबरको सालिग्राम ३ थान र २ सय ५० ग्राम पितलको घोडा १ थानसहित बिकलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
ठाकुरबाबा नगरपालिका–९ गोब्रेला बस्ने बिकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मन्दिरमा चोरी भएको जानकारी प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट ठाकुरद्वाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा चोरी गरेका उक्त सामान फेला पारी बिकलाई पक्राउ गरेको छ ।
Published : Monday, 2023 December 11, 10:50 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया