काठमाडौंमा बर्दियाका अभिषेक र झापाका गिरी पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ८ लाख रूपियाँ ठगी गरेको अभियोगमा बर्दियाको मधुवन नगरपालिका–६ घर भई ललितपुरको गोदावारी नगरपालिका–१० बस्ने ३० वर्षीय अभिषेक श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाई प्रतिष्ठित होटलमा मासिक ३ लाख रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई ललितपुर लगनखेलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

उता, वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाइदिन्छु भन्दै १७ लाख रूपियाँ ठगी गरेको अभियोगमा झापाको बिर्तामोड नगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–७ गौरीघाट बस्ने होमनाथ गिरीको छोरा वर्ष १८ को अन्जेश गिरीले विजय खत्री समेत २ जनालाई वैदेशिक रोजगारीको लागि साउथ अफ्रिकामा पठाउने भनेर ठगी गरेकाे अभियाेगमा शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उनले २ जनालाई वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेका थिए ।

प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Sunday, 2023 December 10, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया