पाल्पामा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु
तानसेन । पाल्पा जिल्लामा भरुवा बन्दुकको छर्रा लागेर ४८ वर्षीय डम्बरबहादुर सारुको मृत्यु भएको छ ।
निस्दी गाउँपालिका–४ मित्याल गाङसिङ्डाँडा बस्ने सारुको आफैले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भरुवा बन्दुक बोकी फापर खान बारीमा आएको दुम्सी मार्न जाने क्रममा चिप्लिएर लड्दा आफैँले बोकेको भरुवा बन्दुक पड्कन गई छर्रा लागेको थियो ।
शनिबार राति घाइते भएका सारुको रामपुर अस्पताल पाल्पामा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो ।
ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले निस्दि गाउँपालिका–४ सपाङ्दीगैरास्थित खरबारीको अम्रिसो घारीमा एकनाले भरुवा बन्दुक १ थान र झोला फेला पारी बरामद गरेको छ ।
Published : Sunday, 2023 December 10, 8:38 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया