पेस्तोलसहित हेटौँडामा तीन जना केटाहरू पक्राउ

काठमाडौं । प्रहरीले मकवानपुरबाट १ थान पेस्तोल र २० थान गोलीसहित ३ जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उप–महानगरपालिका–१० बाट १ थान पेस्तोल र २० थान गोलीसहित वडा नं. ९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

हेटौँडा उप–महानगरपालिका–९ स्थित सूर्यप्रसाद पौडेलको घरमा मंसिर १८ गते गोली प्रहार भएको घटनाको अनुसन्धानको क्रममा घटनामा उनीहरूको संलग्नता खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूबाट हतियार सफा गर्ने रड १ थान, लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय मिलिग्राम, लागूऔषध तौल गर्ने डिजिटल तराजु २ थान, मोटरसाइकल २ थान, मोबाइल ५ थान, नगद ५० हजार रूपियाँ र घटनामा प्रयोग भएको कपडा १ थानसमेत प्रहरीले बरामद गरेको छ ।

Published : Saturday, 2023 December 9, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया