एपीएफ रंगशालामा चित्रकला प्रतियोगिता, दश जनाले पाए पुरस्कार

काठमाडौं । यूएनडिपी नेपालको सहकार्यमा सशस्त्र प्रहरी परिवार महिला संघले खुल्ला चित्रकला प्रतियोगिता संचालन गरेको छ ।

शुक्रबार नेपाल एपीएफ रंगशालामा भएको प्रतियोगितामा उत्कृष्ट भएका १० जनालाई यूएनडिपीकी मिस आइशानी मेदागाङ्गोडा लाबे र सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।

लंैगिक हिंसाबिरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा ९२ जना सहभागी रहेका थिए ।

प्रतियोगतिामा विभिन्न विद्यालयका छात्र/छात्राको उपस्थिति रहेको थियो । प्रतियोगीहरूले लैंगिक समानता, समता र महिला सशक्तीकरण सम्बन्धी चित्रमार्फत आफ्नो कला प्रस्तुत गरेका थिए ।

निरन्तर रुपमा विभिन्न समाजसेवाका कार्यहरू गर्दै आइरहेको सशस्त्र प्रहरी परिवार महिला संघले लैंगिक हिंसाबिरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालवालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नारालाई अघि सार्दै प्रतियोगितको आयोजना गरेको हो ।

प्रतियोगितामा नेपालस्थित भारतीय, श्रीलंकन र साउथ कोरियन एम्बेसीका प्रतिनिधीहरू लगायत संघका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

Published : Friday, 2023 December 8, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया