जुम्लाका शाही जावलाखेलबाट पक्राउ

काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ३३ वर्षीय धर्मेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै ७ लाख ५ हजार रूपियाँ ठगी गरेको अभियोगमा जुम्लाको हिमा गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–डल्लु बस्ने शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

शाहीले २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिने भनेर रकम ठगी गरेका थिए ।

शाहीले प्रतिष्ठित होटलमा मासिक १ लाख १० हजार रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी रकम ठगी गरेको अभियोग लागेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले शाहीलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरेको जनाएको छ ।

शाहीलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ ।

Published : Friday, 2023 December 8, 7:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया