कैलालीका पाण्डे न्यूरोडबाट पक्राउ

काठमाडौं । अवैध रूपमा सुन तथा हुण्डी कारोबार गरेको अभियोग प्रहरीले काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले कैलालीको लम्कीचुहा नगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने ४१ वर्षीय पदमप्रसाद पाण्डेलाई मंगलबार दिउँसो पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

न्यूरोड लगायत बिभिन्न ठाउँमा बिलबिजक बिनाको सुनका गरगहनाहरू बिक्री वितरण गरेको तथा गैरकानूनी रूपमा हुण्डी मार्फत वित्तीय कारोबार गर्ने गरेको सूचनाको आधारमा प्रहरीले न्यूरोडस्थित ओम पर्ल गोल्ड प्रा.लि. र कैलाश ज्वेलर्स प्रा.लि.बाट उनलाई सुनका विभिन्न गरगहनासहित पक्राउ गरेको थियो ।

उनको साथबाट प्रहरीले सुनका टुक्राहरू, अमेरिकी डलर र नगदसहित फेला पारी पक्राउ गरेको छ ।

उनको साथबाट सुन तथा सुनका गरगहना ७ केजी १ सय ८५ ग्राम ३ सय ३५ मिलिग्राम, ३९ लाख ५० हजार रूपियाँ, ४ हजार १ सय अमेरिकी डलर र विभिन्न कागजात रहेका रेकर्ड फाइल प्रहरीले बरामद गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ ।

Published : Thursday, 2023 December 7, 1:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया