योजनाको माग धेरै, बजेट थोरै छ : मन्त्री लामा

चरीकोट । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले अत्यधिक विकासका योजनाको माग आएपछि बजेट विनियोजनमा समस्या भएको बताएका छन् ।

बुधबार बिहान दोलखा सदरमुकाम चरीकोटस्थित नेपाली कांग्रेस दोलखाको पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै लामाले योजनाको माग अत्यधिक आएको तर, बजेट गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्ष कम बजेट विनियोजन भएको बताए ।

मन्त्री लामाले जनताको अपेक्षा धेरै भएकाले पूरा गर्न नसकिएको बताउनुहुँदै प्रदेश सरकारको विनियोजित बजेटमा दोलखालाई प्राथमिकता साथ राखेको उनले बताए ।

पुराना योजनामा अरबौ बजेट विनियोजन गर्नुपर्ने भएकाले नयाँ विकासका योजनामा बजेट कम भएको बताउदै मन्त्री लामाले आगामी आर्थिक वर्ष बजेटमा नयाँ र प्रदेशका गौरबको आयोजनामा प्राथमिकताका साथ बजेट विनियोजन गर्ने बताए ।

Published : Wednesday, 2023 December 6, 1:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया