धादिङमा २० वर्षीया पत्नीको हत्या गर्ने रामचन्द्र पक्राउ

काठमाडौं । धादिङ जिल्लामा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले पतिलाई पक्राउ गरेको छ ।

आफ्नै श्रीमती २० वर्षीया पवित्रा बयलकोटीको हत्या गरेको अभियोगमा धुनिवेशी नगरपालिका–४ जीवनपुर बस्ने २७ वर्षीय रामचन्द्र बयलकोटीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

रामचन्द्रले सोही नगरपालिका–१ डुम्रेचौरस्थित सडकमा पवित्रालाई धारिलो हतियार प्रहार गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी जिबनपुरबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।

तत्काल फरार रहेका रामचन्द्रलाई खोजी गर्ने क्रममा धुनिवेशी नगरपालिका–७ खानीखोला बजारमा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Published : Wednesday, 2023 December 6, 1:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया