यौन व्यवसायका सञ्चालकहरू काठमाडौंबाट पक्राउ

काठमाडौं । अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका ७ जना नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालको प्रयोग गरी अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

उनीहरूलाई काठमाडौंको दरबारमार्ग, नयाँ बसपार्क, तिलिङ्गेटार, बानेश्वर लगायतका ठाउँबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा रामेछापको दोरम्बा घर भएका २७ वर्षीय छत्र बहादुर रोक्का, ओखलढुङ्गाको लिखु घर भएका ३३ वर्षीय गोपाल थापा, सिन्धुलीको सुनकोसी घर भएका ४४ वर्षीय सेते कार्की, सल्यानको कपुरकोट घर भएका २५ वर्षीय शिवराज परियार र नुवाकोटको विदुर घर भएका ३० वर्षीय अमृत रोक्का रहेका छन् ।

उनीहरू हाल काठमाडौं र ललितपुरमा बस्दै आएका थिए ।

बाँकी पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका लाजिम्पाट बस्ने काभ्रेपलाञ्चोकको भुमलु घर भएका २७ वर्षीय सुरेशकुमार श्रेष्ठ र काठमाडौं महानगरपालिका–१४ घर भई कलंकी बस्ने २७ वर्षीय सुरज खड्का रहेका छन् ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Published : Wednesday, 2023 December 6, 12:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया