बाह्रबिसेमा ग्यास सिलिण्डर पडकिएर एक जनाको मृत्यु, दुई जना घाइते
बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लामा आगो ताप्ने क्रममा ग्यासको सिलिण्डर पडकिएर जल्दा एकजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।
बाह्रबिसे नगरपालिका–८ दमैटोल बस्ने ४५ वर्षीय लोकबहादुर नेपालीको सोमबार राति आगोले जलेर मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आफ्नै घरमा आगो ताप्ने क्रममा आगलागी हुँदा जलेर नेपालीको घट्नास्थलमै मृत्यु भएको हो ।
आगलागी हुँदा ग्यास सिलिण्डर पडकिएको छभने घर जलेर पूर्ण रूपमा क्षति भएको छ । उनका दुई छोराछोरीको सकुशल उद्दार गरिएको छ ।
प्रहरीले स्थानीयवासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Published : Wednesday, 2023 December 6, 12:35 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया