धरानकी निता काठमाडौंबाट पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले ३५ वर्षीया निता शेर्पालाई पक्राउ गरेको छ ।

सुनसरीको धरान उप–महानगरपालिका वडा नं.१३ घर भएकी नितालाई प्रहरीले लागुऔषध ३१५ एम्पुलसहित पक्राउ गरेको हो ।

मंसिर १४ गते मध्यान्ह करीव १२ बजे काठमाण्डौ महानगरपलिका वडा नं.३१ सुकुम्वासी टोलस्थित कोठाबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

निता सुकुम्वासी टोलीमा भाईकृष्ण श्रेष्ठको घरमा डेरा लिएर बस्दै आएकी छिन् ।

प्रहरी वृत्त बानेश्वरबाट परिचालन भएको विशेष टोलीले निताको कोठामा खानतलासी गरेको थियो ।

निताको साथमा रहेको कालो झोलाबाट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

निताको साथबाट प्रहरीले नगद ४५ सय, मोबाईल थान १ पनि बरामद गरेको छ ।

पक्राउ परेकी नितालाई जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्यादथप गरी प्रहरी वृत्त बानेश्वरबाट अनुसन्धान भइरहेको छ ।

Published : Saturday, 2023 December 2, 7:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया