वीरगञ्जबाट प्रहरीका नक्कली घुमुवा पक्राउ

वीरगञ्ज । प्रहरीले बाराको आदर्शकोतवाल गाउँपालिका वडा नं. ८ लक्ष्मीटोल बस्ने वर्ष ४५ का गोविन्द महतो कोईरीलाई पक्राउ गरेको छ ।

मंसिर १३ गते दिउँसो साढे १ बजे कोईरीलाई पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २३ सुगौली विर्ता केमिकल कम्पनी अगाडिबाट पक्राउ गरिएको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

कोईरीले ५/६ महिनादेखि ‘म मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको भन्दै बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भनेर अबैध असुली धन्दा चलाएका थिए ।

उनलाई वीरगञ्ज महानगरपालिका वडा नं.२३ हरपतगञ्जस्थित व्यापारीहरूसँग महिनावारी रकम उठाइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले नियन्त्रण लिएको छ ।

Published : Friday, 2023 December 1, 4:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया