डिजेल, मट्टीतेल र पेट्रोलको मूल्य घट्यो, ग्यासको बढेर आयो

काठमाडौं । सरकारले शुक्रबारबाट लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

बिहीबार विज्ञप्ति जारी गरेर नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य घटाएको छ ।

पेट्रोलमा लिटरको दुई रूपियाँ डिजेल तथा मट्टीतेलमा चार रूपियाँ घटाएको निगमले जनाएको छ ।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपियाँ १२ पैसा र डिजेलमा चार रूपियाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ ।

आइओसीले खाना पकाउने ग्यासमा २१ रूपियाँ १४ पैसा बढाएर पठाएको छ । निगमले ग्यासको मूल्य यथावत राखेको छ ।

Published : Thursday, 2023 November 30, 10:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया