ललितपुरमा गम्भीर दुर्घटना, पति-पत्नीको मृत्यु, खेतमा भेटियो गाडी
काठमाडौं । ललितपुरमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
महालक्ष्मी नगरपालिका–६ लुभु सानागाउँमा हालसम्म नम्बर नखुलेको बोलेरो गाडीले बा.२९ प ९४८५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको विज्ञप्तिमार्फत प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरूमा मोटरसाइकल चालक महालक्ष्मी नगरपालिका–८ लुभु घर भएका ४३ वर्षीय दिनेश श्रेष्ठ र उनकी श्रीमती ३७ वर्षीया संगीता श्रेष्ठ रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको किष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न शंकास्पद बलेरो गाडीलाई लुभुस्थित खेतबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया