बिहेमा कुटपिट हुँदा मोहनको मृत्यु, विवेकको समूह पक्राउ

काठमाडौं । कैलाली जिल्लामा कुटपिटबाट मृत्यु भएपछि घटनामा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घोडाघोडी नगरपालिका–२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट मंगलबार राति मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका–९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लम्कीचुहा नगरपालिका–९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका थिए ।

मोहनलाई उपचारको लागि लालरत्न अस्पताल हुँदै टीकापुर अस्पताल कैलाली लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएका छ ।

Published : Wednesday, 2023 November 29, 4:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया