राक्सिराङमा पेस्तोल र २ गोली बरामद, मान्छे फरार

काठमाडौं । प्रहरीले मकवानपुर जिल्लामा कटुवा पेस्तोल र २ राउण्ड गोली बरामद गरेको छ ।

राक्सिराङ गाउँपालिका–१ दुङ्गुखोलाबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सोमबार राति प्रहरीले बरामद गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

दुङ्गुखोलास्थित पसल अगाडि एकजना व्यक्तिले पेस्तोल देखाइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चैनपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पेस्तोल र गोली बरामद गरेको हो ।

पेस्तोल र गोली फाली फरार भएका २ जना व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Tuesday, 2023 November 28, 11:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया