पोखराको ईलाईट रिसोर्टमा प्रहरी छापा, ठूलो रकमसहित जुवाडेहरू पक्राउ

पोखरा । प्रहरीले पोखराबाट रिसोर्टमा जुवातास खेल्दै गरेको अवस्थामा रिसोर्ट संचालक ३८ वर्षीय सन्तोष गुरूङसमेत १६ जनालाई ठूलो रकमसहित पक्राउ गरेको छ ।

पोखरा महागनरपालिका–२१ निर्मलपोखरी मैदानस्थित ईलाईट रिसोर्टमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा रिसोर्टका संचालकसहित १६ जनालाई सोमबार राति पक्राउ परेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले रिसोर्टका संचालक पोखरा महानगरपालिका–३३ घर भएका गुरूङ समेत १६ जनालाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट नगद ५ लाख ५ हजार ६५ रूपियाँ र १६ थान कौडा बरामद भएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Tuesday, 2023 November 28, 11:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया