सशस्त्रद्वारा वेल्हीस्थित सीमा ईलाकाबाट पेस्तोल बरामद

राजविराज । सशस्त्र प्रहरी बल नेपालले सप्तरी जिल्लास्थित सीमा क्षेत्रबाट कटुवा पेस्तोल बरामद गरेको छ ।

बलानबिहुल गाउँपालिका वडा नं. ४ वेल्हीस्थित सीमा ईलाकाबाट मंसिर १० गते राति एउटा कटुवा पेस्तोल र सोको २ राउण्ड गोली सशस्त्र प्रहरीले बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।

मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले बीओपी वेल्हीको टोलीलाई देख्नासाथ उनीहरूले बोकेको कपडाको पोका सोही ठाउँमा छाडेर फरार भएको थियो ।

पोकालाई चेकजाँच गर्दा कटुवा पेस्तोल र गोली फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद भएको कटुवा पेस्तोल तथा गोलीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको छ ।

Published : Tuesday, 2023 November 28, 10:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया