विशाल र शान्ति बानेश्वरबाट पक्राउ

काठमाडौं । अमेरिका पठाईदिन्छु भनी रकम ठगी गर्ने दुईजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको वडा नं. १४ बस्ने वर्ष ३६ को विशाल श्रेष्ठ र वर्ष ४६ की शान्ति श्रेष्ठलाई बानेश्वरबाट प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

विशाल र शान्तिले चन्द्रबहादुर रावललाई वैदेशिक रोजगारको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अमेरिका जानको लागि प्रतिव्यक्ति चालीस लाख रुपियाँ लाग्छ भनेर ठगी भएको थियो ।

अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइ दिएर मासिक तलब तीन लाख रुपियाँको प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

पीडितबाट पटकपटक गरी पन्ध्र लाख रुपियाँ लिई सम्पर्क विहीन भएपछि प्रहरीमा उजुरी परेको थियो ।

प्रहरीले विशाल श्रेष्ठ समेतलाई काठमाडौंको वडा नं. ३२ बानेश्वरबाट पक्राउ गरेको जनाएको छ । थप अनुसन्धानको तथा कारबाहीको लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

Published : Tuesday, 2023 November 28, 10:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया