बागमतीमा नमूना वडा कार्यक्रमका लागि १५ करोड विनियोजन
हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्ने भएको छ ।
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० स्वीकृत गरेसँगै वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि बाटो खुलेको हो ।
आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा तामाङले प्रदेश सरकारले नमूना वडा समाजवादी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १५ करोड रुपियाँ विनियोजन गरेको बताए ।
प्रदेश सभा सचिवालय, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालयको सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णयको छ ।
प्रदेश लेखा नियन्त्रण कार्यालय, प्रदेश लेखा एकाई कार्यालय र मुख्य न्यायाधीवक्ताको कार्यालयको सङ्गठन संरचना तथा दरबन्दी मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री तामाङले बताए ।
मानव बेचबिखन तथा ओसार पसारविरुद्धको बागमती प्रदेशस्तरीय संरक्षणसम्बन्धी नीति २०८० र बागमती प्रदेश बालबालिका सम्बन्धी नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया