यस कारण बढेको छ सुनको मूल्य, अझै बढ्ने
काठमाडौं । विश्वबजार अर्थतन्त्रले उथलपुथल ल्याइदिएका बेला नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
सोमबार सुनको मूल्य बढेर प्रतितोला एक लाख १७ हजार चार सय रुपियाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार प्रतितोला एक लाख १६ हजार नौ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा पाँच सय रुपियाँ बढेर एक लाख १७ हजार चार सय रुपियाँमा कारोबार भएको जनाएको छ ।
मंसिर महिनामा विवाहको लगनको सिजनको भए पनि सुनको कारोबार भने बढ्न सकेको छैन । सुनको मूल्य उच्च हुनु पनि कारक तत्व बनेको छ । सुनको मूल्य उच्च हुँदा माग बढ्न सकेको देखिँदैन । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यको प्रभाव स्थानीय बजारमा पर्ने गर्छन् ।
महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले इजरायल र हमासको युद्धका कारण साथै अमेरिकाको फेडरल बैङ्कको ब्याजदर नबढाउने नीति कारण गर्दा सुनको मूल्य बढ्न गएको बताए ।
डलर मजबुत भएपछि सुनको मूल्य घट्नुपर्ने भए पनि अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढ्दै गएकाले मूल्यमा समेत वृद्धि भएको शाक्यले बताएका छन् ।
रुस, चीन, अमेरिका जस्ता ठुला शक्तिशाली देशहरूले सुनको रिजर्भ बढाएको कारणले पनि मूल्यमा प्रभाव पर्न गएको छ ।
सन् २०२४ मा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस दुई हजार एक सय डलर पुग्ने अनुमान गरेकाले त्यतिबेला सुनको मूल्य प्रतितोला एक लाख २२ हजारदेखि एक लाख २५ हजारसम्म पुग्ने अनुमान गरिएको छ ।
नेपालमा हाल दैनिक २० किलो सुनको आपूर्ति भइरहेको छ । बजारमा माग उच्च नभएकाले २० किलो सुनले बजार माग धानेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया