मोहन बस्नेतले सावित्रीका छोरालाई आफै स्कुल पुगेर भर्ना गरिदिए
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कोरोनाबाट मृत्यु भएकी सावित्री तिमिल्सिनाका छोराको पढाइको जिम्मा लिएका छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको वडा नं. ९ राम्चेकी चालिसेको सुत्केरी भए लगत्तै कोरोना संक्रमणबाट मृत्यु भएको थियो । कोरोनाको संक्रमणबाट मृत्यु हुने चालिसे पहिलो नेपाली व्यक्ति हुन् ।
विसं २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल नौ दिनका थिए ।
सफलको पढाइको जिम्मा लिएसँगै मन्त्री बस्नेतले उनलाई सोमबार टोखा नगरपालिका– ९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिएका हुन् ।
उनले चालिसेको छोरा सफलको पठनपाठनको खर्चस्वरुप रू. ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरेका छन् ।
मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाइ खर्च आफूले व्यहोर्ने बताए । मृतकका पति विमल चालिसेले मन्त्री बस्नेतको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया