भालुबाङमा २६ वर्षीया महिलालाई ३२ वर्षीया मगरद्वारा करणी

लमही । दाङ जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ३२ वर्षीय मानबहादुर पुन मगरलाई पक्राउ गरेको छ ।

२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेको कोहलपुर नगरपालिका–११ बस्ने रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१३ घर भएका मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

मगरले ती महिलालाई ललाई फकाई विवाह गर्छु भनि प्रलोभनमा पारी असोज २३ गते राति दाङको राप्ती गाउँपालिका–१ भालुवाङ बजारस्थित रोल्पाली सिर्प जलजला ड्रिमल्याण्ड होटल एण्ड लजमा जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।

महिलालाई यातना समेत दिएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो ।

Published : Monday, 2023 November 27, 4:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया