ललितपुरबाट सुजातालाई पक्राउ

काठमाडौं । अनलाईनमार्फत ठगी गरेको अभियोगमा प्रहरीले २७ वर्षीया सुजता चौधरीलाई ललितपुरमा पक्राउ गरेको छ ।

अनलाइनमार्फत १ लाख ३५ हजार रूपियाँ ठगी गरेको अभियोगमा ललितपुरको महालक्ष्मी नगरपालिका–३ ईमाडोल बस्ने चौधरीलाई पक्राउ गरिएको विज्ञप्तिमार्फत प्रहरीले जनाएको छ ।

सप्तरीको कञ्चनरूप नगरपालिका–९ घर भएकी चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

चौधरीले आफू टर्कीको नागरिक हो भनेर फेसबुकमार्फत साथी बनाएकालाई कुरियरबाट मोबाइल, घडी, जुत्ता, सुनका गहना, मेकअप लगायतका सामानहरू पठाएको भन्दै ठगी गरेको आरोप लागेको छ ।

ती सामनाहरू काठमाडौं एयरपोर्टमा आइपुगेकाले सामानको कस्टम, डेलीभरी र इन्सुरेन्स वापतको रकम तिर्नुपर्छ भन्दै विभिन्न व्यक्तिहरूको नामको बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको आरोप छ ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

Published : Monday, 2023 November 27, 4:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया