बाबुको हत्या गरेर भागेका छोरा पक्राउ

दमक । प्रहरीले झापाबाट बुवाको हत्या गरेको आरोपमा २३ वर्षीय आशिष तामाङलाई पक्राउ गरेको छ ।

सोमबार बिहान साढे ६ बजे कमल गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय भोलाकुमार तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताएका छन् ।

भोलाकुमार तामाङको हत्या गरेको आरोपमा प्रहरीले उनकै छोरा आशिष तामाङलाई पक्राउ गरेको हो ।

आशिषले आफ्ना बुवा भोलाकुमारमाथि कराइ र दाउ प्रहार गरी हत्या गरेका हुन् । मृतक भोलाकुमारको टाउको र खुट्टामा चोट लागेको छ ।

घटनापछि आशिष भागेका थिए । उनलाई प्रहरीले सवा ७ बजे प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

उनलाई प्रहरीले कमल–४ दुध डेरी भन्ने ठाउँबाट पक्राउ गरेको जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

Published : Monday, 2023 November 27, 10:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया