रोल्पाका डाँगी काठमाडौंको गोंगबुबाट पक्राउ

काठमाडौं । प्रहरीले रोल्पा घर भएका ३९ वर्षीय निमराज डाँगीलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

डाँगीले सर्वसाधारण व्यक्तिहरूलाई पोर्चुगल पठाइदिन्छुभन्दै १० लाख रूपियाँ ठगेको आरोप लागेको छ ।

रोल्पाको गंगादेव गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने डाँगीलाई ठगी गरेको आरोपमा पक्राउ गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

डाँगीलाई प्रहरीको टोलीले आइतबार दिउँसो गोंगबुबाट पक्राउ गरेको हो ।

उनले जोनसन श्रेष्ठलाई पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपियाँ ठगी गरेको वैदेशिक रोजगार विभागमा उजुरी छ ।

सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान र कारवाहीका लागि डाँगीलाई प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

Published : Monday, 2023 November 27, 10:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया